News Griha :: न्यूजगृह
दुई प्रदेशमा आज वर्षाको सम्भावना, यी स्थानमा हावाहुरी

काठमाडौं— पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ।

बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ।  

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०६:३९
Weather Update