News Griha :: न्यूजगृह
ईसीडी शिक्षक आन्दोलित हुँदा त्यसको सीधा असर बालबालिकामा पर्छ : सांसद नेपाली

काठमाडौं— संघीय सांसद अनिशा नेपालीले प्रारम्भिक बालविकास शिक्षक (ईसीडी) का माग पूरा गर्न सरकारसँग आग्रह गरेकी छिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद नेपालीले बुधबार (६ वैशाख) बसेको संसद् बैठकमा ईसीडी शिक्षकका माग पूरा गर्न आग्रह गरेकी हुन् ।

उनले बालबालिकाको दोस्रो घरका रूपमा रहेको प्रावि तहमा अध्यापन गराउन शिक्षक आन्दोलित हुँदा त्यसको सोझो असर बालबालिकामा पर्ने बताइन् ।

‘बालबालिकाको पहिलो विद्यालय उसको घर हो, दोस्रो घर प्राथमिक विद्यालय हो । घरमा र विद्यालयमा जस्तो सिकिन्छ त्यसको प्रभाव माथिल्लो तहमा रहिरहन्छ,’ उनले संसद्मा भनिन् ।

सांसद नेपालीले नेपाल बालविकास शिक्षक केन्द्रीय समितिले पटक–पटक आन्दोलन गर्दै जाने, सरकारले सहमति गर्ने तर माग पूरा नगर्ने हो भने त्यसको औचित्य नरहेन बताइन् ।

‘बालविकासका शिक्षकले विभिन्न समयमा न्यायका लागि आफ्ना माग राख्दै आन्दोलन गर्ने अवस्था आइरह्यो भने यसको असर बालबालिकामा पर्ने निश्चित देखिन्छ,’ उनले भनिन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १८:००
Weather Update