News Griha :: न्यूजगृह
काभ्रेको रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट
तस्बिरः सामाजिक सञ्जाल।

काठमाडौं— काभ्रेको रोशी गाउँपालिका वडा नं. ४ सानोपोटा गाउँमा  आगलागी हुँदा १५ घर जलेका छन्। नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन्।

आगलागीबाट १५ घर, १० गोठ र ८ वटा शौचालय जलेका  रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो।

नेपाली सेना, स्थानीय र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो। वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन्। रासस 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०७:१४
Weather Update