News Griha :: न्यूजगृह
श्रमिक दिवसः बाबुराम नेतृत्वको नेसपाले विभिन्न अभियान घोषणा गर्दै

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) ले बुधबार १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विभिन्न अभियान घोषणा कार्यक्रम आयोजना गर्दैछ।

बुधबार बिहान १० बजे शान्ति वाटिका, रत्नपार्कमा सभा हुने नेसपा प्रचार विभागले जनाएको छ।

सुशासन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, रोजगारीको सुनिश्चितता, गुणस्तरीय शिक्षा र स्वास्थ्य, किसान-मजदुरको समस्या समाधान, समावेशिता, जात व्यवस्थाको अन्त्य, लैंगिक विभेदको अन्त्य, स्वच्छ वातावरण लगायतका अभियानका मुद्दाहरू नेसपाले अघि सारेको छ।

नेसपाले उक्त मुद्दासहित सभामा सहभागी हुन आम जनसमुदायलाई आह्वान गरेको छ।

सभालाई पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी महाधिवेशन आयोजक समिति संयोजक डा बाबुराम भट्टराईलगायतले सम्बोधन गर्ने प्रचार विभागले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०६:३४
Prabhu BankPrabhu Bank
Weather Update