News Griha :: न्यूजगृह
राप्रपा सांसदविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं— सहकारी ठगीमा राप्रपाकी सांसद  गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध प्रहरीको अनुरोधमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो। 

Prabhu Bank

बस्नेतको समूहले सो सहकारीबाट करिब डेढ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप छ। बस्नेत समानुपातिकबाट राप्रपाको सांसद बनेकी हुन्।

छिपछिपे सहकारीमा बचतकर्ताले जम्मा गरेको १० करोड भन्दा बढी रकम हिनामिना भएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २०:५८
राजनीति
विशेष
Weather Update