News Griha :: न्यूजगृह
गोदावरीको वनमा लागेको डढेलो नियन्त्रण बाहिर

काठमाडौं— ललितपुरको गोदावरी नगरपालिकाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ। 

वडा नम्बर ४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भइसकेको छ।

Prabhu Bank

प्रहरीका अनुसार आगलागी निभाउने क्रममा शंकर पहरी र रमेश पहरी घाइते भएको र शंकरको उपचारका क्रममा निधन भएको हो। 

उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो।

वडा नम्बर ४ का वडाध्यक्ष सानुभाई नगरकोटीका अनुसार आगो नियन्त्रणको प्रयास जारी राखिएको भएपनि नियन्त्रणका समस्या भइरहेको छ। आगो नियन्त्रणका लागि गएका स्थानीयलाई स्वास्थ्यमा समस्या आएपछि अक्सिजन समेत दिनुपरेको उनले बताए। वनमा सल्ला, धुपी जस्ता रुखहरु रहेको र हावाहुरी चलिरहेकाले नियन्त्रणमा समस्या भएको उनले बताए। 

गोदावरी नगरपालिका भित्रका तपेश्वर, लेले, ठैडोल लगायतका वनमा लागेको डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास जारी राखेपनि सफल हुन सकेको छैन। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १६:२०
राजनीति
विशेष
Weather Update