News Griha :: न्यूजगृह
१५ हजार घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर 

काठमाडौं— घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएपछि पक्राउ परेका कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो

Prabhu Bank

उनलाई आयोगको बुटवल कार्यालयको टोलीले गत चैत १८ गते नियन्त्रणमा लिएको थियो। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुरमा बिगो १५ हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना हुने मागदाबी लिइ विशेष अदालतमा आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १७:५२
राजनीति
विशेष
Weather Update