News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बझाङ उपनिर्वाचन: २ वडाको मतगणना सम्पन्न, एमालेको अग्रता कायमै  

चैनपुर— बझाङ प्रदेश सभा (१) को जारी मतगणनामा नेकपा एमालेको अग्रता कायमै रहेको छ। 

हालसम्म दुई वटा वडाको मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

Prabhu Bank

प्राप्त परिणाम अनुसार एक हजार छ सय ९२ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सात सय ५७, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले  तीन सय ८०, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले दुई सय २६, नेकपा एकीकृत समाजवादी का दिलबहादुर सिंहले एक सय १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का किशोर खड्काले नौ मतप्राप्त गरेका छन् भने २८ मत बदर भएको छ। 

हालसम्म जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १६:०४
Weather Update