News Griha :: न्यूजगृह
इलाम–२ उपनिर्वाचन: दुई वडाको गणना सकिँदा डम्बर अघिअघि, सुहाङ पछिपछि

इलाम— इलाम–२ को उपनिर्वाचनका लागि भएको मतदानको परिणाम आउनेक्रम सुरु भएको छ। अहिलेसम्म दुईवटा वडाको मत परिणाम आएको छ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेस झिनो मतान्तरले अघि लागेको छ। दुई वडामा २ हजार ८३९ मत खसेको थियो। जहाँ कांग्रेसले ८२ मतको अग्रता कायम गरेको छ। 

२ वडामा कांग्रेसका उम्मेदवार डम्बर खड्काले १ हजार १५५ मत प्राप्त गरेका छन्। यस्तै दोस्रो स्थानमा एमालेका सुहाङ नेम्वाङ छन्। उनले एक हजार ७२ मत पाएका छन्। 

त्यसैगरी तेस्रो स्थानमा स्वतन्त्र उमेदवार डकेन्द्र थेगिम रहेका छन्। मुढा चिह्नका थेगिमले ३१३ मत पाएका छन्। चौँथोमा रास्वपा उमेदवार मिलन लिम्बू छन्। उनले २११ मत पाएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि इलाममा वैशाख १५ गते उपनिर्वाचन भएको हो। संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् यहाँ उपनिर्वाचन गरिएको हो। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध समभागृहमा मतगणना भइरहेको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:४९
Weather Update