News Griha :: न्यूजगृह
इलाम–२: कांग्रेसका खड्काको सुरुवाती अग्रता, कसको कति मत? 

काठमाडौंं—इलाम–२ को जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले सुरुवाती अग्रता कायम गरेका छन्। 

इलामको फाकफोथुम गाउँपालिकाबाट सुरु भएको मतगणना अनुसार खड्काले ६५७ मत पाएका छन्। 

त्यस्तै उनलाई नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मतसहित पच्छ्याइरहेका छन्। त्यसैगरी पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार बनेका डकेन्द्र थेगिमले १८७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत पाएका छन्।

मतगणना जारी रहेको छ। 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:१९
Weather Update