News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मधेसको मन्त्रिपरिषद् विस्तार, कसलाई के जिम्मेवारी?

काठमाडौं— मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिमण्डल पनुर्गठन गरेकी हुन्। 

जसअनुसार बिना विभागीय मन्त्री बनेका माओवादीका भरत प्रसाद साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

Prabhu Bank

मुख्यमन्त्री यादवले उनको दल जनता समाजवादी, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पार्टीहरुलाई मिलाएर मन्त्रिमण्डल विस्तार गरेका हुन्। 

पुनर्गठित मन्त्रिमण्डल अनुसार सरोजकुमार यादवलाई भौतिक विकास पूर्वाधार मन्त्रालय, भरतप्रसाद साहलाई वन तथा वातावरण, संजयकुमार यादवलाई अर्थ, गोविन्द बहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सुरिता कुमारी साहलाई खेलकुद तथा समाजकल्याण, राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

त्यसैगरी सिंगासन मसा कलवारलाई उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय, शत्रुधन सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवराज भट्टराईलार्ई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, बेची लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालय, प्रमोद कुमार जयसवाललाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

त्यस्तै तीन  जना राज्यमन्त्री बनाइएको छ। जसमा शेख अबुल कलाम अजादलाई उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्री, केशव रायलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र शारदा थापालाई गृह, सञ्चार तथा कानुन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। 

यसरी हेर्दा मधेसको मन्त्रिमण्डलको आकार १५ सदस्यीय बनेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:१४
Weather Update