News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
निर्धारित समयभन्दा ढिला गरी सुरु भयो बझाङको मतगणना 

काठमाडौं— बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको मतगणना सुरु भएको छ। 

केहीबेरअघि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

Prabhu Bank

आइतबार बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने तयारी निर्णय भएको थियो। तर केही ढिला गरि मतगणना सुरु भएको हो।

बझाङको प्रदेश सभा (१) मा शनिबार मतदान भएको थियो। केही मतदान केन्द्रको मतपेटिका ल्याउन कठिनालाईका कारण आज बिहान मात्रै मतपेटिका संकलन भएको थियो। 

सो प्रदेश सभा निर्वाचन क्षेत्रमा ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए।  

त्यस्तै शनिबार नै मतदान भएको इलाम क्षेत्र नं २ को मतगणना जारी रहेको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:२८
Weather Update