युट्युब च्यानलविरुद्ध ऐश्वर्य रायकी छोरीको उजुरी

मुम्बई— ऐश्वर्या राय र अभिषेक बच्चनकी छोरी आराध्याले केही युट्युब च्यानलविरुद्ध दिल्ली उच्च अदालतमा निवेदन दिएकी छन् । युट्युब च्यानलले केही दिनअघि आराध्याको स्वास्थ्यबारे झुटो समाचार प्रसारण गरेपछि उनले उजुरी दिएकी हुन् ।
आफ्नो आराध्याले ती च्यानल र तिनका सामग्रीमाथि प्रतिबन्ध लगाउन माग गरेकी छिन् । अदालतले २० अप्रिल अर्थात् बिहीबार नै यस विषयमा सुनुवाइ गर्ने छ ।
दैनिक भाष्करका अनुसार आराध्याले युट्युब च्यानलहरूबाट आफूमाथि बनाइएका सबै भिडिओले मनोवैज्ञानिक रूपमा त्रसित बनाएको भन्दै त्यसलाई हटाउने आदेश दिन अदालतलाई अपिल गरेकी छिन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८० १०:०६













