News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
रञ्जितासँगको तस्बिर सार्वजनिक गर्दै रेशमले भने– पार्टी र सरकार दुवै तिमी चलाउ
तस्बिरः रेशम चौधरीको फेसबुक

काठमाडौं—नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद पेचिलो बनिरहेको छ। 

नाउपाका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच केन्द्रदेखि प्रदेशसम्मको सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा मत भिन्नता देखिएपछि विवाद उत्कर्षमा पुगेको हो। 

Prabhu Bank

यसैबीच पार्टीका संरक्षक रहेका रेशम चौधरीले पार्टी र सरकार दुवै चलाउने जिम्मा अध्यक्ष रञ्जितालाई दिएको बताएका छन्। 

शनिबार दिउँसो पत्नी रञ्जितासँगको तस्बिर सार्वजनिक गर्दै रेशमले लेखेका छन्, ‘महासचिव ठाकुरसिङ थारुलाई साक्षी राखेर पार्टी र सरकार दुवै तिमी चलाउ भन्ने आग्रहका साथ मैले पनि यो फोटो पोष्ट गरेँ,’ उनले भनेका छन्। 

त्यस्तै तत्कालै सामाजिक सञ्जालमा अर्को पोष्ट गर्दै उनले लुम्बिनी र सुदूरपश्चिम सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने बताएका छन्। 

‘हामी छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौँ,’ उनले भनेका छन्। 

केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदलपछि नाउपा भित्रको राजनीतिमा पनि उतारचढाव आएको थियो। रञ्जिताले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारमा सामेल हुनुपर्ने अडान कायमै राख्दा रेशमले भने सरकारलाई समर्थन नगरी बाहिरै बस्ने अडान कायम राखेका थिए। 

यता सुदूरपश्चिम सरकार गठनका लागि निर्णायक शक्ति मानिएको नाउपाको तर्फबाट दुई जनाको दाबी परेपछि दुवैको दाबी खारेज भएको थियो। भने नाउपाकै समर्थनमा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बनेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १४:०२
Weather Update