News Griha :: न्यूजगृह
इलाम–२ मा ३३ प्रतिशत मत खस्यो 

काठमाडौं— इलाम क्षेत्र नं २ मा जारी मतदानमा हालसम्म ३३ प्रतिशत मत खसेको छ। 

साढे १२ बजेसम्मको तथ्यांक अनुसार ३३ प्रतिशतको हाराहारीमा मत झरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले न्यूजगृहलाई जानकारी दिए। बिहान  बजेबाट जारी मतदान हालसम्म शान्तिपूर्ण ढंगले चलिरहेको उनले बताए। 

‘हालसम्म ३३ प्रतिशत हाराहारीमा मत झरेको छ,’ उनले भने।

इलामको उक्त निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन्। 

साँझ ५ बजेसम्म मतदान चल्नेछ। मतदान सकिएपछि आवश्यक प्रक्रिया पूरा गरी आजै मतगणना हुने उनले बताए। 

आजै जारी बझाङ प्रदेश सभा (१) मा पनि मतदान जारी रहेको छ। 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १२:४८
Weather Update