News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आयोगमा बसेर उपनिर्वाचन नियाल्दै प्रमुख आयुक्त थपलिया
फाइल तस्बिर

काठमाडौं— प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलाम र बझाङमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताएका छन्।

प्रमुख आयुक्त थपलिया शनिबार बिहानैदेखि आयोगका सचिव र सुरक्षा अधिकारीहरु सहित बसेर दुवै क्षेत्रका निर्वाचनलाई पर्यवेक्षण गरिरहेका छन्।

Prabhu Bank

उपनिर्वाचनको जारी मतदानबारे कुरा गर्दै थपलियाले भने–‘अहिलेसम्म इलाममा करिब २२ प्रतिशत मत खसिसकेको छ भने बझाङमा १५ प्रतिशत मत खसिसकेको छ। ०७९ को प्रतिनिधि सभा निर्वाचनकै हाराहारीमा मत खस्ने अपेक्षा गरिएको छ।’

उपनिर्वाचनमा मतदाताको सुविधाका लागि सबै प्रवन्ध गरिएकाले उत्साहजनक रुपमा मतदान भैरहेको र राम्रोसँग सम्पन्न हुनेमा आफू विश्वस्त रहेको प्रमुख आयुक्त थपलियाले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १२:१९
Weather Update