News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बझाङ उपनिर्वाचनः हालसम्म १५ प्रतिशत मत खस्यो

काठमाडौं— बझाङ प्रदेश सभा (१) को जारी मतदानमा हालसम्म १५ प्रतिशत हाराहारीमा मत खसेको छ। 

बिहान ७ बजेबाट जारी मतदानमा हालसम्म १५ प्रतिशत हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले न्यूजगृहलाई जानकारी दिए। 

Prabhu Bank

‘हालसम्म १५ प्रतिशत हाराहारीमा मत खसेको छ,’ उनले भने, ‘हामीलाई प्राप्त जानकारी अनुसार हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ।’ 

बझाङ प्रदेश सभाका ९३ मतदान केन्द्रहरुमा मतदान भइरहेको उनले बताए। 

साँझ ६ बजेसम्म चल्ने मतदानको मतगणना आइतबार बिहानबाट मात्रै हुने उनले बताए। 

साइपाल गाउँपालिकाको ३ मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याउन पर्ने भएकाले आइतबार (भोलि) बिहानबाट मात्रै मतगणना हुन लागेको हो। 

यता इलाम क्षेत्र नं २ मा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ। बझाङमा ६१ हजार ७ सय ४८ मतदाता रहेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १२:०७
Weather Update