News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
रुसी सेनामा भर्ती भएका तनहुँका ९ युवा ४ महिनादेखि सम्पर्कविहीन 
प्रतीकात्मक तस्बिर।

तनहुँ— रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा  परिवारको सम्पर्कमा छैनन्। उनीहरु सम्पर्कमा नआएपछि परिवार शोक र चिन्तामा परेका छन्। स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका हुन्। 

धन कमाएर सुखले पाल्छु भन्ने सपना देखाएर रुसी सेनामा भर्ती भएका छोराहरु ४ महिनादेखि सम्पर्कविहीन भएपछि परिवारमा रुवाबासी चलेको छ।  

Prabhu Bank

रुसी सेनामा भर्ना भएका व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका तीन, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक जना गरी ९ युवा सम्पर्कविहीन छन्। 

रुसी सेनामा भर्ती भएका आफ्ना सन्तानलाई सुरक्षित रुपमा स्वदेश ल्याइदिन पहल गर्न परिवारले जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रमा निवेदन परेको केन्द्रका परामर्शदाता गोमा तिवारीले जानकारी दिइन्। 

सम्पर्कविहीनको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको आवश्यक सम्पूर्ण कागजात पठाइसकिएको केन्द्रले जनाएको छ। उनीहरु बिचौलियामार्फत ५ लाखदेखि ६ लाखसम्म तिरेर ‘भिजिट भिसा’ मार्फत रुसी सेनामा भर्ती भएका परिवारका सदस्यले जनाएका छन्। 

केन्द्रका जिल्ला संयोजक लुना रानाले तनहुँबाट अन्य व्यक्ति समेत रुसी सेनामा भर्ती भएको हुनसक्ने बताइन्।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १२:०३
Weather Update