News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम उपनिर्वाचनः ‘एक्जिट पोल’ खडा गरेर मत सर्वेक्षण गर्ने ४ जना पक्राउ 

काठमाडौं— इलाम क्षेत्र नं २ को उपनिर्वाचनको जारी मतदानका क्रममा एक मतदान केन्द्रमा ‘एक्जिट पोल’ खडा गरी मत सर्वेक्षण गरेको पाइएको छ। 

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा मतदान केन्द्र बाहिर मतदानबाट फर्किएकाहरुलाई पुनः मतदान गर्न लगाइएको थियो। 

Prabhu Bank

बिहान ७ बजेबाट मतदान सुरु भएकोमा साढे ७ बजे बाट उनीहरुले मत सर्वेक्षणका लागि मतदान गरेर फर्किएकाहरुलाई मतदान गर्न लगाएका थिए।

केही व्यक्तिहरुलाई पुनः मतदान गर्न लगाउन ‘एक्जिट पोल’ खडा गरेको तथ्य फेला पारेको जिल्ला प्रहरी कार्यालय इलामका एक प्रहरी अधिकारीले न्यूजगृहलाई जानकारी दिए। साथै त्यहाँबाट मतदानका लागि प्रयोग भएका सामग्री बरामदसहित ४ जनालाई पक्राउ गरिएको उनले बताए। 

‘मतदान गरेर फर्किएकाहरुलाई मतदान केन्द्र बाहिर मत सर्वेक्षण भन्दै पुनः मतदान गर्न लगाइएको रहेछ। हामीले त्यहाँबाट मतदानका लागि प्रयोग भएका सामग्रीहरु बरामदसहित ४ जनालाई नियन्त्रणमा लिएका छौँ,’ ती प्रहरी अधिकारीले भने।
 
साथै अहिले इलामको निर्वाचन शान्तपूर्ण वातावरणमा भइरहेको उनले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ११:४२
Weather Update