News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
पञ्जाब र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान
Prabhu Bank

काठमाडौं—  यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा ब्याट्सम्यानहरूले रनको वर्षा गरिरहेका छन्। गएराति सम्पन्न पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्स बीचको खेलमा पनि रनको वर्षा भएको छ। 

कोलकाताले दिएको २६२ रनको लक्ष्य पञ्जाबले १८.४ ओभरमा नै २ विकेट गुमाएर पुरा गरेपछि यो खेल आफैमा ऐतिहासिक बनेको थियो। 

यस रिपोर्टमा यस खेलमा बनेका केही रेकर्डको बारेमा चर्चा गर्दैछौँ ।

  • पञ्जाब किंग्सले यस खेलमा टी-२० क्रिकेटकै इतिहासमा अहिलेसम्मको धेरै रन पिछा गरेर बनाएको छ। यस अघि २०२३ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजले दिएको २५९ रनको लक्ष्य पिछा गरेर पुरा गरेको थियो । पञ्जाब किंग्सले यो रेकर्डलाई आफ्नो नाममा लेखाएको छ।
  • त्यसैगरी आईपीएलको इतिहासमा यो अहिलेसम्मको ठुलो रन चेज हो । यसअघि २०२० मा राजस्थानले पञ्जाबले दिएको २२४ रन चेज गरेको थियो भने राजस्थानले यसै आईपीएलमा कोलकाताले दिएको २२४ रनको लक्ष्य चेज गरेको थियो ।
  • यस खेलमा आईपीएलको इतिहासमा एक इनिङमा सबैभन्दा बढी छक्का यसै खेलमा प्रहार भएको छ। पञ्जाबले आफ्नो इनिङमा २४ छक्का प्रहार गरेको थियो। यसअघि यसै आईपीएलमा सनराइजर्सले रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्लीविरुद्ध एकै इनिङमा २२-२२ छक्का प्रहार गरेको थियो। 
  • त्यसैगरी यस खेलमा आईपीएलको इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी छक्का प्रहार भएको छ। यस खेलमा कुल ४२ छक्का प्रहार भएको थियो। यसअघि सनराइजर्स र मुम्बई तथा सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरुको खेलमा ३८-३८ छक्का प्रहार भएको थियो।
Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ११:३८
Weather Update