News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाममा बढ्न थाले मतदाता, हालसम्म कति प्रतिशत मत खस्यो? 

काठमाडौं— इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा हालसम्म २० प्रतिशत मत खसेको छ। 

बिहान ७ बजेबाट सुरु भएको मतदानमा हालसम्म २० प्रतिशत हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले न्यूजगृहलाई जानकारी दिए। हालसम्म मतदान शान्तिपूर्ण रहेको उनले बताए। 

Prabhu Bank

‘हालसम्म २० प्रतिशत हाराहारीमा मत खसेको छ। हालसम्म मतदान शान्तिपूर्ण रहेको छ,’ उनले भने। 

यसअघि बिहान मतदाताको खासै उत्साह देखिएको थिएन। १० बजेसम्म थोरै मात्र मत खसे पनि त्यसपछिको समयमा मतदाताहरुको उपस्थिती बाक्लिएको हो। 

इलाममा १ लाख १५ हजार ८ सय ८९ मतदाताले मतदान गर्दैछन्। सो निर्वाचन क्षेत्रमा स्वतन्त्र र विभिन्न राजनीतिक दलका गरी १९ उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्दैछन्।  

उक्त बझाङमा पनि शान्तिपूर्ण ढंगबाट मतदान भइरहेको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १०:५८
Weather Update