News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बझाङमा मतदान जारी, तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइने 

काठमाडौं— बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको मतदान जारी रहेको छ। 

बिहान ७ बजेबाट मतदान सुरु भएको हो।

Prabhu Bank

अहिले शान्तिपूर्ण मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले न्यूजगृहलाई जानकारी दिए।

अहिलेसम्म सबै मतदान केन्द्रबाट मतदान सुरु भएको जानकारी आएको तर हालसम्म कति प्रतिशत मत खस्यो भन्ने जानकारी प्राप्त नभएको उनले बताए।

‘सबै मतदान केन्द्रमा मतदान सुरु भएको जानकारी आएको छ। तर कति प्रतिशत मत खस्यो भन्ने जानकारी आएको छैन,’ उनले भने। 

आज मतदान सकिए पनि आइतबारबाट मात्रै मतगणना हुने उनले बताए। साइपाल गाउँपालिकाका ३ वटा मतदान केन्द्रबाट हेलिकप्टरबाट मतपत्र ल्याउनुपर्ने भएकाले भोलि मात्रै मतगणना हुने उनले बताए। 

‘आज समयमै मतदान सकिए पनि मतगणना भने आइतबार (भोलि) मात्रै हुन्छ। साइपाल गाउँपालिकाका ५ वटा मतदान केन्द्रमध्ये ३ वटाको मतपेटिका ल्याउन अप्ठेरो हुने भएकाले भोलिमात्रै आइपुग्ने र आएपछि मात्रै मतगणना सुरु हुनेछ,’ उनले भने। 

बझाङको प्रदेश सभा (१) का ९३ मतदान केन्द्रबाट मतदान भइरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १०:२५
Weather Update