News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
राप्रपा नेता ठाकुरमोहन श्रेष्ठलाई कुटेको आरोपमा पक्राउ परेका बम छुटे 

काठमाडौं— राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका नीराजन बम रिहा भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले म्याद थप नगरेपछि उनी रिहा भएका हुन्। 

बमविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा चलाउन म्याद थप गर्न अदालतमा शुक्रबार उपस्थित गराए पनि म्याद नपाएसँगै उनी शुक्रबार नै रिहा भएका हुन् । 

Prabhu Bank

कालिकोटका ३१ वर्षीय बमलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका उनलाई वृत्त महाराजगञ्जमा राखेको थियो।  

घटनापछि उनलाई राप्रपाले निलम्बन गरेको छ। पीडितको जाहेरीको आधारमा उनी पक्राउ परेका थिए। 

श्रेष्ठले राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री प्रेम बलायरसहित रिद्वि जंगबहादुर राणा, हिक्मत कार्की र बमविरुद्ध जाहेरी दिएका थिए। सो घटनाका सम्बन्धमा बम बिहीबार पक्राउ परेपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, कुन्ती शाही, केन्द्रीय सदस्य जनकराज पाठकलगायतका नेताहरूले उनको रिहाइका लागि दबाब दिँदै आएका थिए। 


बम रिहा भएपछि श्रेष्ठले भने असन्तुष्टि जनाएका छन्। श्रेष्ठमाथि गत फागुन २७ गते पार्टी कार्यालयमै कुटपिट भएको थियो। उपाध्यक्ष विक्रम पाण्डेको योजनामा आफूमाथि आक्रमण भएको उनले दाबी गरेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १०:२२
Weather Update