News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मतदानपछि सुहाङले भने– बुबालाई सम्झिएर भावुक छु

काठमाडौं— इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्। 

बिहान सवा ७ बजे सुहाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै जित निश्चित रहेको दाबी गरेका छन्। 

Prabhu Bank

उनले बुबा सुवासचन्द्र नेम्वाङलाई सम्झिएर भावुक बनेको बताए। 

साथै उम्मेदवार बनेर मतदानको पहिलो अनुभव रहेको भन्दै जित निश्चित रहेकोमा आशावादी रहेको बताए।  

‘उत्साह महसुस भएको छ। बुवा (सुवास नेम्वाङ) लाई सम्झेर भावुक भएको छु,’ उनले भने, ‘उमेदवार बनेर मतदान गरेको पहिलो अनुभव हो। उत्साहजनक रह्यो। जित निश्चित भन्नेमा म आशावादी छु। इलाम नयाँ युगमा अग्रसर भएको छ।’

सो निर्वाचन क्षेत्रका मुख्य प्रतिस्पर्धी मानिएंका सबै उम्मेदवारहरुले मतदान गरिसकेका छन्। 

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म रहनेछ। 

उक्त निर्वाचन क्षेत्रमा १९ जना प्रतिस्पर्धामा रहेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०९:२१
Weather Update