News Griha :: न्यूजगृह
यमनमा रकम वितरण कार्यक्रममा भागदौड हुँदा ७८ को मृत्यु
रोयटर्स

साना— रमजानको अवसरमा यमनको राजधानी सानास्थित एउटा विद्यालयमा रकम (दान) वितरण कार्यक्रममा भागदौड हुँदा ७८ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रमजानको अवसरमा वितरण गर्न लागिएको रकम लिनका लागि विद्यालयमा सयौं मानिस जम्मा भएका थिए ।

प्रतिव्यक्ति करिब ९ डलर (करिब ७ सय ४० रुपैयाँ) रकम दिइँदै गर्दा भएको भाग दौडमा परी ७८ जनाको मृत्यु भएको हो ।

रकम वितरण गर्दा सुरक्षाको ख्याल नगरिएको भन्दै रकम वितरण गर्नेलाई प्रहरीमा हिरासतमा लिई अनुसन्धान सुरु गरिएको सुरक्षा अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०८:५०
Weather Update