यादवलाई मत माग्न गठबन्धनका शीर्षस्थ नेता बारा जाँदै

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा आबद्ध शीर्षस्थ नेता बिहीबार बारा जाँदै छन् ।
गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मत माग्नका लागि सत्तारुढ गठबन्धनका शीर्षस्थ नेता बारा जान लागेका हुन् । बारा–२ मा आज बृहत् चुनावी सभाको आयोजना गरिएको छ ।
उक्त चुनावीसभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर महागढीमाई जान लागेका हुन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८० ०८:३८













