त्रिभुवन विमानस्थल सुचारु

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।
विमानस्थलका एक अधिकारीले आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान–अवतरण सुचारु भएको बिहीबार बिहान न्यूजगृहलाई जानकारी दिए ।
ती अधिकारीले भने,‘आज बिहान ७ बजेसम्म बन्द रहेको आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान–अवतरण सुचारु भइसकेको छ ।’
विमानस्थल कार्यालयले मंगलबार विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान र सोही क्रममा विमानस्थल भित्रको विद्युत् आपूर्ति अवरुद्ध हुने सूचना प्रकाशित गरी आज बिहान ७ बजेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान–अवतरण बन्द रहने जनाएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८० ०७:२६













