News Griha :: न्यूजगृह
आज राति १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु हुने

काठमाडौं— आइतबार हुनगइरहेको उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए ।

चुनाव हुनुभन्दा ४८ घण्टा अघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आइतबार (१० वैशाख) तनहुँ–१, चितवन–२ बारा–२ मा उपनिर्वाचन हुँदै छ ।

शुक्रबारबाट प्रचारप्रसार गर्न नपाइने भएसँगै राजनीतिक दलहरूले आज आमसभा गर्दै छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०७:१०
Weather Update