News Griha :: न्यूजगृह
बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा— बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ।

प्रदेश सरकारको सिफारिसमा बुधवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै राति १२ बजेदेखि लागुहुनेगरि प्रदेशको हिउँदे अधिवेशनको अन्त्य गरेका हुन्।  

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा रहेकोले हिउँदे अधिवेशन अन्त्य गरेर जेठमा बजेट अधिवेशन बोलाउन अन्त्यको सिफारिस गरेको थियो।

फागुन १५ बाट शुरु भएको हिउँदे अधिवेशनको पछिल्लो बैठक चैत्र १९ मा बसेको थियो। सो बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २०:३१
Weather Update