News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा 'हेर्दाहेर्दै'मा, अर्को सुनुवाइ जेठ २३ मा

काठमाडौं— पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दाहेर्दै' मा राखिएको छ।

बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा 'हेर्दाहेर्दै' मा राखिएको हो।

Prabhu Bank

अब यो मुद्दाको सुनुवाइ आगामी जेठ २३ मा हुने भएको छ ।

यो मुद्दा २०७२ चैत २२ गते तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रले संवैधानिक इजलासले हेर्ने आदेश गरेका थिए।

त्यसपछि संवैधानिक इजलासमा १५ पटक भन्दा बढी पेशी तोकिए पनि पटक पटक हेर्न नभ्याइने र हेर्न नमिल्ने भन्दै सरिरहेको छ।

सशस्त्र युद्धको क्रममा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको घटनामा अर्जुनकी पत्नी पूर्णिमायाले सापकोटासहित माओवादी नेताविरुद्ध दिएको किटानी जाहेरी अनुसार यस मुद्दाको सुनुवाइ भइरहेको छ।

यस जाहेरीलाई प्रहरीले लामो समयसम्म नलिएपछि सर्वोच्च अदालतले २०६४ को फागुन २२ मा जाहेरी लिने आदेश दिएपछि प्रहरीले दर्ता गरेको थियो।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २०:१२
Weather Update