News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
स्वदेश फर्किए कतारका राजा
फाइल तस्बिर।

काठमाडौं— कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी बुधबार दिउँसो स्वदेश फर्किएका हुन्। 

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

Prabhu Bank

राष्ट्रपति पौडेलको औपचारिक निमन्त्रणामा थानी राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका थिए। उनको स्वागतमा पनि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विमानस्थलमा पुगेका थिए।

उनले मंगलबार नै राष्ट्रपति पौडेललाई भेटेका थिए। बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीसँग भेटवार्ता गरेका थिए।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १३:२९
Weather Update