News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सर्वोच्चद्वारा गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी 

काठमाडौं— सर्वोच्च अदालतले रौतहटको गौरमा भएको हत्याकाण्डको विषयमा कारण देखाउ आदेश जारी गरेको छ। 

बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी गरेको हो। 

Prabhu Bank

२०८० साल जेठ २१ गते त्रिभुवन शाहले गौरमा भएको नरसंहारकारी हत्या काण्ठको विरुद्धमा सर्वोच्चमा रिट दायर गरेका थिए। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाइ दायर भएको रिटमा बुधबार आदेश आएको हो। 

२०६३ साल चैत ७ गते रौतहटको गौरमा माओवादी र तत्कालिन जनाधिकार फोरमले एकै स्थानमा कार्यक्रम गरेका थिए। सो क्रममा दुइ पक्षबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो भने ११५ जना घाइते भएका थिए।  

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १३:२७
Weather Update