News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कतारका अमिरसँग विपिनको रिहाइका लागि प्रधानमन्त्रीको अपिल 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग इजरायलमा बेपत्ता कञ्चनपुरका विपिन जोशीको खोजिका लागि पहल गरिदिन आग्रह गरेका छन्। 

बुधबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले हमासको आक्रमणमा परी बेपत्ता भएका विपिनको खोजिका लागि आग्रह गरेका हुन्। 

Prabhu Bank

भेटपछि दुवै देशका प्रतिनिधिमण्डलबीच सरकारी तबरबाट द्विपक्षीय ६ र निजी क्षेत्रका तर्फबाट २ वटा सम्झौता समेत भएका छन्।

भेटमा कतारका अमिर थानीले कतारमा रहेका नेपाली कामदारको प्रसंशा गरेका छन्। साथै नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै कतारले त्यसतर्फ ध्यान दिएको बताए।

यता प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी द्वन्द्ध समाधानका लागि कतारले खेलिरहेको भूमिकाप्रति समेत प्रशंसा गरे। 

दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका कतारका अमिर थानी आज स्वदेश फर्किँदैछन्। 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १२:४९
Weather Update