News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपाल र कतारबीच ८ वटा क्षेत्रमा सम्झौता

काठमाडौं— नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका लागि विभिन्न ८ वटा क्षेत्रमा सम्झौता भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबीच भेटपछि विभिन्न समझदारी भएको हो। 

Prabhu Bank

दुर्ई देशबीच सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गत ६ वटा र निजी क्षेत्रका २ गरी ८ विषयमा सम्झौता भएको हो। 

नेपाल र कतारबीच सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो। 

त्यस्तै दुईृ देशबीच निजी क्षेत्रसम्बन्धी २ सम्झौता समेत भएको छ। कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका हुन्।

बुधबार प्रधानमन्त्री प्रचण्ड र कतारका अमिरका प्रतिनिधिमण्डलको टोलीबीचको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएको हो। 

उक्त सहमतिपत्रमा नेपालका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कतारका समकक्षीले  हस्ताक्षर गरेका हुन्।  

दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका कतारका अमिर आज स्वदेश फर्किँदैछन्। मंगलबार अपरान्ह नेपाल आइपुगेका उनले मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका थिए। 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १२:०४
Weather Update