News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
फेवातालमा डुंगा दुर्घटना
फाइल तस्बिर।

काठमाडौं— फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। पोखरा महानगरपालिका ६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेको हो।

अचानक आएको हावाहुरीको कारण डबल व्याडल बोर्डमा बोटिङ गरिरहेका काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र करिब डेढ वर्षीया मिरा रानी फेवाताल नजिकै रहेको माछापालन केन्द्रको जालमा अडकिएका सशस्त्र प्रहरीको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

Prabhu Bank

कास्की फेवाताल रेस्क्यु वाच टावरमा खटिएका विपद् व्यवस्थापनको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको हो। उनीहरूको अवस्था सामान्य रहेको सहप्रवक्ता थापाले बताए।

यसअघि चैत २५ र २९ गते पनि फेवातालमा एक्कासि आएको हावाहुरीका कारण डुंगा पल्टिएको थियो। त्यतिबेला पनि सशस्त्र प्रहरीले एक महिला र पुरूषलाई सकुशल उद्धार गरेको उनले जानकारी दिए।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १९:११
Weather Update