News Griha :: न्यूजगृह
आज वर्षकै पहिलो पूर्णिमा, बालाजु बाइस धारामा मेला
काठमाडौंको प्राचीन धार्मिक तीर्थस्थल बाइसधारामा बालाजु बाइसधारा (ल्हुति पुन्हि)मेलामा मङ्गलबार स्नान गर्दै भक्तजन।

काठमाडौं— चैत्र शुक्ल पूर्णिमा। वर्षकै पहिलो पूर्णिमा। चैत्र शुक्ल प्रतिपदामा संवत्सर आरम्भ हुने भएकोले यो पूर्णिमालाई नै वर्षको पहिलो पूर्णिमा मानिन्छ।

यो दिन हनुमान जयन्ती मनाइन्छ। वायु र अञ्जनी पुत्रका रूपमा जन्मेका हनुमान भगवान् रामका वाहनको रूपमा परिचित छन्।  

यसैगरी विभिन्न तीर्थस्थलमा मेला तथा जात्रा लाग्छ। विशेषगरी बालाजुको २२ धारामा मेला लाग्छ। यहाँ स्नान गर्नाले चर्मरोगबाट मुक्त भई दीर्घजीवन तथा सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वास छ।

तामाङ समुदायको तेमाल जात्रा पनि यही दिन सम्पन्न हुन्छ। 

balaju_22dhara_mela-1713835659.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०७:२०
Weather Update