News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मन्त्रिपरिषद्का निर्णयहरुः नयाँ अर्थसचिवदेखि अध्यादेश जारी गर्नेसम्म 

काठमाडौं—  सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारीका लागी राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको र राष्ट्रपतिबाट सिफारिस भएपछि अध्यादेश जारी हुने नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 

Prabhu Bank

उनले भनिन्,‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्मननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ। यो अध्यादेश राष्ट्रपति समक्ष  पेस भएपछि जारी हुनेछ।’

त्यस्तै सरकारले मंगलबार कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको पनि उनले जानकारी दिइन्। 

त्यसैगरी मन्त्रिपरिषद् बैठकले विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय पनि गरेको छ। 

त्यस्तै अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको पनि शर्माले जानकारी दिइन्। 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:४१
Weather Update