News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
 प्रचण्ड भन्छन्– पहिले जस्तो हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ

काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको स्पष्ट पारेका छन्। 

नेकपा स्थापनाको ७५ वर्ष पुगेको अवसरमा ललितपुरको गोदावरीमा आयोजित विशेष समारोहमा बोल्दै प्रधामन्त्री प्रचण्डले यसअघिको एकताका तितामिठा अनुभव रहेका कारण हतार गरेर एकता नगर्ने बताए।

Prabhu Bank

अहिलेको समीकरणले देश र जनताको पक्षमा राम्रो काम गर्न सकेमा मात्र राजनीतिक दलहरुबीच एकताको आधार तयार हुने बताए। 

‘पहिलाको जस्तो हौसिएर कम्युनिष्ट एकताको पक्षमा छैनौँ। हामीले त्यो बेलामा समय भन्दा अगाडि दौडिएछ भन्ने हेक्का राख्नुपर्छ। अहिले सहकार्य थालेका छौँ। राम्रो सहकार्य गरौँ यसबाट देश र जनतालाई राम्रो सेवा हुँदै गयो भयो राजनीतिक दलहरुबीच एकताको आधार तय हुन्छ’ प्रचण्डले भने,‘कम्युनिष्टहरुले जति बेला एकता र सहमतिको बाटोमा हिँडेको थियौँ देशभर उल्लास, उत्साह र उमंग उत्सवको वातावरण बनेर दुई तिहाइ नजिक पुगेका थियौँ। विभाजित भएपछिको तिता अनुभव हामीले गरिसकेका छौँ।’ 

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्टलाई एक ढिक्का बनाएर अघि बढाउने विषयमा एमालेले पहल गरेको भन्दै अध्यक्ष ओलीको प्रशंसा समेत गरे। 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:०६
Weather Update