News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेकपा स्थापनाको अवसरमा एमालेको हीरक जयन्ती, गएनन् माधव नेपाल 

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले आयोजना गरेको हीरक जयन्तीको विशेष समारोह सुरु भएको छ। 

ललितपुरको गोदावरीमा एक विशेष कार्यक्रम गरी एमालेले हीरक जयन्ती मनाउन लागेको हो। 

Prabhu Bank

सो अवसरमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, डा. बाबुराम भट्टराई, झलनाथ खनालसहित मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको छ। तर सो समारोहमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागि भएका छैनन्। 

उक्त समारोहमा पूर्व राष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित गर्ने तयारी गरिएको छ। 

सत्ता गठबन्धनको एउटै मोर्चामा भए पनि पछिल्लो समय एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच राजनीतिक घोचपेच चलिरहेको छ। सोही कारण पनि नेपाल त्यहाँ नगएको विश्लेषकहरुको तर्क छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १३:३४
Weather Update