News Griha :: न्यूजगृह
बजेटको पूर्वसन्ध्यामा फेरिए अर्थसचिव, मरासिनीलाई जिम्मेवारी 

काठमाडौं— बजेटको पूर्वसन्ध्यामा अर्थसचिव फेरिएका छन्। 

आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्थसचिवमा मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिएको हो। 

मरासिनी पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अदालतले सफाइ दिएसँगै उनको निलम्बन फुकुवापछि नयाँ जिम्मेवारी दिइएको हो। 

हाल कृष्णहरि पुष्कर अर्थसचिव रहेका छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १२:५७
Weather Update