News Griha :: न्यूजगृह
गण्डकीका मुख्यमन्त्रीको नियुक्तिविरुद्धको मुद्दा न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा 

काठमाडौं— गण्डकीका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा पेसी तोकिएको छ। 

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा पेसी तोकिएको हो। 

गण्डकीका मुख्यमन्त्री नेकपा एमालेका खगराज अधिकारीको नियुक्तिविरुद्ध नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए। 

गत चैत २७ गते परेको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म दीर्घकालिन महत्व राख्ने निर्णय नगर्न आदेश दिएको थियो। 

गण्डकीको मुख्यमन्त्री अधिकारीको नियुक्ति संविधान विपरित रहेको भन्दै निर्वतमान मुख्यमन्त्री समेत रहेका कांग्रेसका पाण्डेले रिट दायर गरेका थिए। मुख्यमन्त्रीको नियुक्तिमा सभामुखको समेत संलग्नता रहेको भन्दै गण्डकीमा कांग्रेसले कानुनी बाटो रोजेको हो।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ११:५३
Weather Update