नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाइ आजपनि 'हेर्दाहेर्दै' मा

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाई सर्वोच्च अदालतमा आज ‘हेर्दाहेर्दै’ मा सकिएको छ।
यस प्रकरणमा हाल थुनामा रहेका १० प्रतिवादीले दायर गरेको रिटको आजको सुनुवाइ हेर्दा हेर्दैमा सकिएको हो।
आजको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाइ भएको थियो। यो रिट आजसहित १०औँ पटक हेर्दाहेर्दैमा परेको छ ।
तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१ १८:५४













