प्रभु हेलिकप्टरका पाइलट निलम्बित

काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेडका पाइलट क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ।
प्राधिकरणले उडानका क्रममा अस्वीकार्य र अनधिकृत ककपिट गतिविधि गरेको भन्दै अर्को सूचना नभएसम्मका लागि क्याप्टेन शेर्पालाई निलम्बन गरेको जानकारी दिएको छ।
क्याप्टेन शेर्पाले केही महिना अघिको गोसाइँकुण्ड उडानका क्रममा यात्रुलाई ककपिटमा राखेको र निषेधित गतिविधि गरेपछि प्राधिकरणले एक्सन लिएको बुझिएको छ ।
क्यानले घटनाको विस्तृत अनुसन्धान गरिने जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१ १८:३४













