News Griha :: न्यूजगृह
एमाले महाधिवेसन प्रतिनिधि परिषद बैठक जारी रहने

काठमाडौं— नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आइतबार पनि जारी रहनेछ।  शनिबार उद्घाटन भएको बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा रहनेछ।

बैठकमा २ हजार ४ सय ५४ जना सहभागी भएको एमालेले जनाएको छ। नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

uml_pratinidi_parisad_baithak_1-1713662995.jpg
बैठकमा  केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गरेका छन्।  शनिबार पेस भएका प्रतिवेदनमा आइतबार समूहगत छलफल हुनेछ। 

आजै प्रतिवेदन पारित गरेर प्रतिनिधि परिषद् बैठक समापन गरिने एमालेले जनाएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०७:२६
Weather Update