News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित 

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिन निर्देशनात्मक संकल्प प्रस्ताव प्रदेश सभाबाट पारित भएको छ। 

नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभामा दर्ता गरेको संकल्प प्रस्ताव आज प्रदेश सभाबाट पारित भएको हो। 

Prabhu Bank

उक्त प्रस्तावको पक्षमा ५२ प्रदेश सभा सदस्यले मत दिए  भने विपक्षमा रहेका प्रदेशसभा सांसदहरुले मत दिन चाहेनन्। त्यस्तै ३ जना प्रदेश सभा सदस्य भने तटस्थ रहेका प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए।

बिहीबार बसेको प्रदेश सभा बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्की अल्पमतमा रहेकाले उनलाई विश्वासको मत लिन प्रदेशसभाले निर्देशन दिनुपर्नेलगायतका विभिन्न मागसहित संकल्प प्रस्ताव दर्ता गराएका थिए। साथै उक्त प्रस्तावलाई एमालेका किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका गणेश उप्रेतीले समर्थन गरेका थिए ।

यता मुख्यमन्त्री कार्कीले भने प्रदेश सरकार बन्ने अन्तिम विकल्प रहने अवस्थासम्म आफूले राजीनामा नदिने अडान कायम राख्दै आइरहेका छन्।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १६:५०
Weather Update