गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
-1713346023.jpg)
काठमाडौं— गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
केहीबेरअघि बैठक बसेको थियो, तर राष्ट्रिय गानपछि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।
आजको बैठकमा नेपाली कांग्रेस र राप्रपाका सांसदहरु अनुपस्थित रहेका थिए।
कांग्रेस र राप्रपाले गण्डकी प्रदेश सरकार गठनविरुद्ध बैठक बहिस्कार गरेका हुन्।
बैठकमा जिवनाशक विषादी व्यवस्थापन गर्ने विधेयक टेबुल गर्ने कार्यसूची रहेको थियो।
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१ १६:३९