News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
प्रतिपक्षी बिना नै गण्डकी प्रदेश सभाको बैठक बस्दै 

काठमाडौं— गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्ष बिना नै बस्ने भएको छ। 

आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी बिना नै बैठक बस्न लागेको हो। 

Prabhu Bank

नेपाली कांग्रेसले सभामुखलाई पत्र बुझाउँदै बैठकमा नबस्ने  जानकारी गराइसकेको छ। यता राप्रपाले भने जानकारी नगराए पनि बैठकमा सहभागि नहुने बताएको हो।  

आजको बैठकमा प्रदेश प्रमुखको पत्र सुनाउने र जिवनाशक विषादी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

दिउँसो ३ बजेका लागि बैठक बोलाइए पनि अझैसम्म बस्न सकेको भने छैन।

गण्डकीका मुख्यमन्त्री नियुक्तीमा सभामुखको समेत संलग्नता रहेको भन्दै नेपाली कांग्रेसले सर्वोच्चमा मुद्दा दायर गरेको थियो। सर्वोच्चले मुद्दाको अन्तिम टुंगो नलाग्ने बेलासम्म दीर्घकालिन महत्वका कुनै पनि निर्णय नगर्न आदेश दिएको छ। 

अदालतको अन्तिम फैसला नआउँदै बैठक बोलाइएको भन्दै कांग्रेसले बैठक बहिस्कार गरेको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १६:२२
Weather Update