News Griha :: न्यूजगृह
गृहमन्त्री लामिछाने भन्छन्– देशको इतिहास लेख्न हिँडेको व्यक्ति हुँ, पत्रिकाको हेडलाइनसँग चिन्ता छैन 

इलाम— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको बताएका छन्।

इलाम–२ को उपनिर्वाचनमा सहगागिता जनाउँदै उनले आफूले बेइमानहरुसँग कहिल्यै पनि आफ्नो इमानदारिताको प्रमाण नदेखाउने टिप्पणी गर्दै आफूले इमानदारहरुसँग भने आफ्नो इमानको प्रमाण देखाउने बताए । 

उनले भने,‘मलाई पत्रिकामा के लेखिन्छ, थाहा छैन? यो देशको इतिहास लेख्न हिँडेको मान्छे हुँ। पत्रिका आज सकिन्छ, इतिहास भोलि लेखिन्छ,’ उनले अगाडि भने,‘आजको पत्रिकाको हेडलाइनको चिन्ता होइन, भोलिको भविष्यको चिन्ता छ। तपाईंहरुले पत्रिकाको हेडलाईनको चिन्ता नलिनुहोस्।’

उनले यो देशलाई परिवर्तन गरेरै देखाउने हुटहुटी रहेको सुनाए। उनले आफ्नो नेतृत्वमा देशमा चितवनबाट निलो क्रान्ति गरेको बताए। चुनावी अभियानका क्रममा उनले आफ्नो पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुलाई विजयी गराउन अनुरोध गरे।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १६:०९
Weather Update