News Griha :: न्यूजगृह
बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी

काठमाडौं— बाँकेको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको छ। 

हर्बल प्रालिको परिसरभित्र फाल्नका लागि संकलन गरिएको सल्लो प्रजातीको काठ र खोटोमा आगो सल्किएको थियो। 

बिहान ७ बजेको समयमा एक्कासी आगो सल्किएको हो। 

नेपाल र भारतका गरी ११ वटा दमकलको प्रयोगले आगो नियन्त्रणमा लिइएको थियो। 

आगलागीबाट भएको क्षतिबारे यकिन विवरण आउन बाँकी रहेको छ। 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १०:४५
Weather Update