News Griha :: न्यूजगृह
पोर्चुगलको समुद्रमा भेटियो बेपत्ता नेपाली युवकको शव

काठमाडौं— सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत २४ गते समुद्रमा बेपत्ता भएका नेपाली युवकको शव भेटिएको छ।

समुद्रमा बेपत्ता धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो। 

टेकबहादुरसँगै कटुञ्जेकै ३० वर्षीय धनबहादुर तामाङ पनि बेपत्ता भएका थिए। तर उनको शव भने चैत २५ गते नै फेला परेको थियो। 

टेकबहादुर क्रोसियाबाट पोर्चुगल पुगेका थिए। पोर्चुगल पुगेको १८ दिनमै उनी समुद्रमा बेपत्ता भएका थिए। टेकबहादुर नेपालबाट क्रोसिया भने ४ महिनाअघि गएका थिए।  

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०९:५२
Weather Update